बिहीबार, असार १९, २०८२

हतियाररहित जनयुद्ध आजको आवश्यकता : अशोक राई

नेपालखोज २०७७ फागुन १ गते १५:५८

काठमाडौं । जनता समाजवादी पार्टीका नेता अशोक राईले हतियाररहित जनयुद्ध आज पनि आवश्यक रहेको बताएका छन् । जनताको आन्दोलनका उपलब्धिमाथि प्रतिगमन भएको भन्दै उनले जनयुद्धको आवश्यकता रहेको बताएका हुन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लेखेको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन कार्यक्रममा नेता राईले सो कुरा बताएका हुन् ।

‘जनयुद्ध बम र बारुदको मात्रै रहेनछ, बाहिरबाट हेरेजस्तो । विचार, सिद्धान्तको युद्ध पनि रहेछ । त्यो युद्ध अहिले पनि जारी छ । जनयुद्ध आज पनि जारी राख्नुपर्ने आवश्यकता छ । अहिले देश द्वन्द्वमा जाने स्थिति छ,’ उनले भने ।

साथै उनले अहिले सडकमा भइरहेको आन्दोलन झण्डा प्रदर्शन गर्नलाई मात्रै नभएको बताए ।

प्रतिक्रिया