सोमबार, वैशाख १५, २०८२

ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोग पनि सफल भएन

नेपालखोज २०७७ फागुन २ गते १०:३३


काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि सफल भएको छैन ।

६ जनवरीमा संसद भवनमा भएको हमलापछि ट्रम्पमाथि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको थियो ।

तर सिनेटमा महाअभियोग पारित हुनका लागि आवश्यक दुई तिहाइ मत जुट्न सकेन । शनिबार ट्रम्पमाथि लगाएको महाअभियोगमाथिको बहस सकिएर मतदान भएको थियो ।

जसमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ५७ जना सिनेटर उभिएका थिए भने ४३ जनाले महाअभियोगको विपक्षमा मतदान गरेका थिए । महाअभियोग पारित हुनका लागि ६७ जनाको समर्थन आवश्यक थियो ।

प्रतिक्रिया