सर्लाहीमा भ्याट छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर
नेपालखोज
२०७७ फागुन ४ गते १९:२८

काठमाडौं । नक्कली तथा झुटा भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोपमा सर्लाहीका १३ जनाविरुद्ध विशेष अदालत पाटनमा मुद्दा दायर भएको छ ।
राजस्व छलेको आरोपमा ११ वटा फर्मका १३ जना सञ्चालकविरुद्ध ९१ करोड ३० लाख रुपैयाँ बिगो तथा जरिबानाको माग गरेर मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
पक्राउ पर्नेमा सुबोध साह, सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेस पट्टेल, सुमनकुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम, मोतिलाल सहनी, कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध मुद्दा दायर भएको विभागले जनाएको छ ।
उनीहरूले वस्तु तथा सेवाको खरिद नै नगरि सरकारबाट छुट लिएको र राजस्व छलेको विभागको आरोप छ ।
सम्बन्धित
प्रतिक्रिया