करणी गरेको अभियोगमा एक युवक पक्राउ
नेपालखोज
२०७७ फागुन ६ गते १३:३८

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० अस्थाइ बस्ने खोटाङ खिदिम गाउँपालिका–७ का १९ वर्षीय सागर राई पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई डरत्रास देखाई पटक पटक जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी दार्चुलाकी २१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौगाड गाउँपालिका–१ सतला बस्ने २३ वर्षीय पान सिंह ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया