शनिबार, वैशाख १३, २०८२

अमेरिकाले खोप खरिद गर्न विकासोन्मुख राष्ट्रलाई ४ अर्ब डलर दिने

नेपालखोज २०७७ फागुन ७ गते १०:१६

अमेरिकी राष्ट्रपति जो बाइडेन विकासोन्मुख राष्ट्रहरुका लागि कोभिड–१९ को खोप खरिद गर्न ४ अर्ब डलरको घोषणा गर्ने भएका छन्। बाइडेनले आज उक्त घोषणा गर्ने योजनामा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

अमेरिकाले सयुक्त राष्ट्र संघलाई २ अर्ब डलरको योगदान गर्ने छ। सयुक्त राष्ट्र संघको कार्यक्रम अन्तर्गत विपन्न देशहरुलाई खोप प्रदान गरिने जानकारी बाइडेन प्रशासनका वरिष्ठ अधिकारीले दिएका छन्।

अमेरिकी कंग्रेसले गत डिसेम्बर महिनामै रकम छुट्याई सकेको छ। अमेरिकाले ग्याभि मार्फत खोप गरिव मुलुकहरुलाई प्रदान गर्ने छ। कंग्रेसले कूल ४ अर्ब डलर प्रदान गरि सकेको छ भने अधिकारीले यस बर्ष र २०२२ सम्म प्रदान गर्ने जनाएका छन्।

प्रतिक्रिया