सोमबार, वैशाख १५, २०८२

म्यान्मारमा सैन्य सत्ताकब्जाविरुद्धको आन्दोलनमा एक महिलाको मृत्यु

नेपालखोज २०७७ फागुन ७ गते १२:३१

काठमाडौं । म्यान्मारमा सैन्य ‘कू’ विरुद्ध भएको विरोध प्रदर्शनमा एकजना महिलाको गोली लागेर मृत्यु भएको छ । गतसाता प्रहरीले हानेको गोली टाउकोमा लागि घाइते भएकी २० वर्षीय युवती म्या थ्वे थ्वे खाइङको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीले प्रदर्शनकारीको भिडलाई तितरवितर पार्न पानीको फोहरा, रबर र लाइभ गोली प्रहार गरेका थिए ।

अधिकारकर्मीका अनुसार ती युवती लाइभ गोली नै लागेर घाइते भएकी हुन् । १० दिनअघि गोली लागेर घाइते भएकी उनी अस्पतालमा उपचाररत् थिइन् ।

म्यान्मारमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेपछि त्यहाँ निरन्तर आन्दोलन जारी छ ।

प्रतिक्रिया