सोमबार, वैशाख १५, २०८२

चालकको होसियारीका कारण आकाशमा आगजनी भइरहेको विमान आपतकालीन अवतरण

नेपालखोज २०७७ फागुन ९ गते १२:२०

काठमाण्डौ । अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भए पनि चालकका होसियारीका कारण कसैको पनि ज्यान नगएको सिएन्उनले जनाएको छ ।

उक्त बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको समाचारहरुमा जनाइएको छ । सीएनएन समाचार अनुसार अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो ।

आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको सीएनएनले जनाएको छ । चालकले होसियारी गर्दै कन्ट्रोलरुमलाई खबर गरेपछि विमानलाई आपतकालीन अवतरण गरी सम्पूर्ण यात्रुको ज्यान जोगाइएको थियो ।

प्रतिक्रिया