सोमबार, वैशाख १५, २०८२

हङकङ प्रहरीले लियो ४५ रेसिङ कार नियन्त्रणमा

नेपालखोज २०७७ फागुन ९ गते १८:३०

हङकङमा अवैधानिक रेसिङ प्रतियोगितामा भाग लिएको भन्दै प्रहरीले आइतबार ४५ स्पोर्ट्स कार नियन्त्रणमा लिएको छ।

महँगा फरारी, ल्याम्बोर्गिनी तथा पोर्चेस ब्रान्डका स्पोर्ट्स कारहरु नियन्त्रणमा लिइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ती कारहरु कानुनभन्दा बारिह गएर परिमार्जन गरिएका छन्। प्रहरीले आइतबार बिहानै ७ बजेदेखि कारहरु नियन्त्रणमा लिन थालेको थियो।

ती कारहरु एकैपटक तीव्र गतिमा आइल्यान्ड इस्टर्न कोरिडर एक्सप्रेसवे तर्फ हुइकिरहेका थिए।

यस्ता अवैध रेसिङ प्रतियोगिताबाट राम्रो आम्दानी हुने बताइएको छ। प्रहरीले यस घटनाको अनुसन्धान जारी राखेको छ।

यसैबीच हङकङमा आज २० नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ कोरोना संक्रमितको कुल संख्या १० हजार ८६९ पुगेको छ।

यहाँ कोरोनाबाट १९७ को मृत्यु भइसकेको छ। अर्को महिनाबाटै हङकङमा कोरोनाविरुद्धको खोप अभियान संचालन हुँदैछ।

प्रतिक्रिया