मंगलबार, वैशाख १८, २०८१

अडानको पाँचौ केन्द्रिय परिषद फागुन २८ मा हुने

नेपालखोज २०७७ फागुन १० गते १९:४४

काठमाडौं । नेपाल अडिटर्श एशोसियसन (अडान) को पाचौ परिषद देश ब्यापी रुपमा भैरहेको छ । लेखापरीक्षकहरुको पेशागत संगठन अडान बिगत झण्डै दुई दशक देखि क्रियाशिल रहेको छ । नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरु मात्र यस संस्थामा सदस्य हुन पाउने ब्यबस्था छ ।

बिगतमा राष्टिय अधिबेसन पछि क्षेत्रिय परिषद गरिन्थ्यो तर संघियताको कार्यान्वयन पछि सांगठनिक रुपमा पनि परिबर्तन भएको छ । जिल्ला, प्रदेश र केन्द्र गरी तिन तहमा संगठन चलायमान भएको छ ।
पाचौ परिषद गर्ने संस्थाको निर्णय बमोजिम यसपटक प्रदेश नं २ को जनकपुर, बाग्मती प्रदेशको चितवन र कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश परिषद सम्पन्न भैसकेका छन । आगामी फाल्गुण १५ गते लुम्बीनी प्रदेशको बुटवल, गण्डकी प्रदेशको पोखरा, सुदुर पश्चिम प्रदेशको धनगढीमा प्रदेश परिषद हुदैछ ।

त्यस्तै यहि फाल्गुण १९ गते काठमाण्डाको अल्फा हाउसमा उपत्यका प्रदेशको र फागुन २२ गते प्रदेश नम्बर १ को बिराटनगरमा प्रदेश परिषद सम्पन्न गरी २०७७ फागुन २८ गते काठमाण्डौको कार्कि बैकटमा केन्द्रिय परिषद हुने कार्यक्रम रहेको छ ।

केन्द्रिय परिषदमा बिधान बमोजिम सबै प्रदेश तथा जिल्लाका प्रतिनिधिहरु, र पर्यबेक्षकहरुको उपस्थिती रहने छ । अडानका ६५ जिल्ला कार्य समिति र ८ वटा प्रदेश समिति छन् ।

परिषदमा पाचौ राष्ट्रिय महाधिबेसन भैसकेपछिका १८ महिना भित्र गरेका सांगठनिक एबं आर्थिक गतिबिधिका प्रतिबेदनहरु र जल्दाबल्दा पेशागत मुद्याहरुमा छलफल गरी पारीत गर्ने कार्यक्रम रहेको संस्थाका प्रचार बिभागका संयोजक एबं उपाध्यक्ष डोल प्रसाद दाहालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया