प्रचण्ड–नेपाल निकट आदिवासी जनजाति महासंघद्वारा प्रदर्शन
नेपालखोज
२०७७ फागुन ११ गते १५:२७

काठमाडौं । नेपाल कम्युनिष्टा पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट आदिवासी जनजाति महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
मंगलबार दिउँसो केपी शर्मा ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमकोविरुद्ध प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् ।
शान्ति बाटिकाबाट सुरु भएको प्रदर्शन भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा कोण सभामा परिणत भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया