आइतबार, जेठ ६, २०८१

नेकपाको स्थायी समिति बैठक आजदेखि सकिँदै, प्रचण्डले जवाफ दिने

नेपालखोज २०७६ पुष ५ गते ११:११

५ पुष, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा आज शनिबार अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने भएको छन् । मंसिर २९ देखि बसेको स्थायी समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज शनिबार दिन लानेका हुन् ।

स्थायी समिति सदस्यहरूले पार्टी एकीकरण प्रक्रिया ढिलो सकिएको, सरकार प्रभावकारी हुन नसकेको प्रश्न उठाएका छन्। अमेरिकी सहयोग परियोजना ( एमसीसी) को विषयमा भने पार्टी नेताहरू स्पष्ट दुई धारमा देखिएका छन् ।

नेताहरुको सुझाव अनुसार अध्यक्ष प्रचण्डले परिमार्जन सहितको प्रतिवेदन तयार गरेको बताइएको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबाट उठेका विषय सम्वोधन गरी प्रतिवेदन तयार भएको बताइएको छ ।

प्रचण्डको जवाफअघि महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकमा आफ्नो धारणा राख्ने छन् । स्थायी समिति बैठक आज शनिबारबाट सकिने बताइएको छ ।

प्रतिक्रिया