दोस्रो चौबीसे रनिङ कप फुटबल प्रतियोगिता धनकुटामा
नेपालखोज
२०७७ फागुन १४ गते १२:०२

काटमाडौं । धनकुटाको चौबीसे गाउँपालिकाको आर्थिक सहयोग र रारा फुटबल क्लब राजारानीको व्यवस्थापनमा दोस्रो चौबीसे रनिङ कप फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
सो खेल पालिकाको केन्द्र राजारानीमा सुरु भएको हो । सो खेल १५ फागुनसम्म निरन्तर रुपमा चल्ने आयोजक चौबीसे गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।
उक्त प्रतियोगितामा गाउँपालिकाका ८ वटै वडाका टिमहरुले भाग लिएको पनि समितिले जानकारी दिएको छ ।
रारा फुटबल क्लबका सचिव युवराज कटुवालले बताए अनुसार सो प्रतियोगिताको प्रथम हुनेले नगद ५५ हजार, द्वितीयले ३५ हजार र तृतीय स्थान हासिल गर्नेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
सम्बन्धित
प्रतिक्रिया