क्रिकेटका हस्ती म्याक्सवेलको तर्क कोहोली यस खेलको शीखरमा छन्
नेपालखोज
२०७७ फागुन १७ गते १४:४५

काठमाडौँ । अस्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेल खेल जगतका चिरपरिचित नाम हो । उनी बेलाबेला विभिन्न अरु कारणले पनि चर्चामा रहनछन् ।
हालै उनले आफू विराट कोहलीसँग खेल्न उत्साहित रहेको बताएपछि पुनः चर्चामा छन् ।
म्याक्सवेल इन्डियन प्रिमियर लिग आइपीएलको आउँदो संस्करण रोयल च्यालेन्जर्स बेगंलोरबाट खेल्ने छन् । उनले भारतीय टिमका कप्तान विराट कोहली क्रिकेट खेलको शीखरमा रहेको कारण आफू यनीसँग खेल्न लालायित रहेको बताएपछि भारतमा उनको चर्चा चुलिएको हो ।
पन्जाब किंग्सबाट रिलिज भएपछि म्याक्सवेल यसै महिना भएको आइपीएल अक्सनबाट कोहलीको कप्तानीमा रहेको बेगंलोरसँग आवद्व भएका छन् ।
उनले कोहोलीसँग यो टिममा रहेर साझेदारी गर्नेछिन् । उनको भनाई छ कि म नयाँ यात्राका लागि उत्साहित छु । कोहलीले सबै फरम्याटको क्रिकेटमा राम्रो गरेका छन् । उनी यस खेलको शीखरमा छन् ।
सम्बन्धित
प्रतिक्रिया