सोमबार, असार २३, २०८२

माधव नेपालले पनि लगाए कोरोनाविरुद्धको खोप

नेपालखोज २०७७ फागुन १९ गते ११:१३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर अध्यक्ष नेपालले खोप लगाएका हुन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो ।

संसद सचिवालयबाट खोप लगाउन सांसदसहित १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले सांसद तथा कर्मचारीहरुलाई आज, भोलि र पर्सि खोप लगाउने कार्यक्रम छ ।

प्रतिक्रिया