मंगलबार, वैशाख १८, २०८१

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालखोज २०७७ फागुन २० गते २१:१७

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले विप्लवसँग भएको सहमति सार्वजनिक भएपछि लागू हुने गरी अनुमोदन गरेको छ । सहमतिको विस्तृत विवरण शुक्रवार दिउँसो दुई बजे सार्वजनिक गर्ने सरकारी वार्ता टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया