सोमबार, असार २३, २०८२

मिस्टर एन्ड मिस रौनियार– २०२१ का प्रतियोगीका प्रतिभा

नेपालखोज २०७७ फागुन २४ गते ८:४९

काठमाडौं । मिस्टर एन्ड मिस रौनियार– २०२१ का प्रतियोगीले आआफ्ना प्रतिभा प्रस्तुत गरेका छन्। ट्यालेन्ट सोअन्तर्गत उनीहरूले नृत्य, गायन, प्रहसन, कवितावाचन, वक्तृत्वकलाजस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन्।

एमी इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा २१ जना प्रतियोगी छन्। तीमध्ये ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन्। काठमाडौंका ११ जना प्रतियोगीले काठमाडौंको जमलस्थित नाचघरको मिनी हलमा शनिबार ट्यालेन्ट देखाएका हुन्।

प्रतिक्रिया