मंगलबार, वैशाख १८, २०८१

मंगलबार जन्मने मानिस कस्ता हुन्छन् ?

नेपालखोज २०७७ फागुन २५ गते ५:००


मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले पनि निर्धारण गर्छ । यद्यपि जन्मबारले मात्र समग्र स्वभाव र भाग्य बताउन सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्यको निर्धारण हुने हुन्छ ।

मंगलबार जन्मिएका व्यक्तिहरू बहादुर, स्मार्ट, एक्टिभ, सहयोग गर्न तत्पर रहन्छन् । यिनीहरुलाई रिस धेरै उठ्छ । यिनीहरु हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहन मन पराउँछन् । यिनीहरु विलासिताको जीवन बाच्न मन पराउँछन् । ग्याजेटहरुको प्रयोगमा यिनीहरुको स्वाभाविक रुचि हुन्छ । यी प्रायः आस्तिक स्वभावका , खर्चिला ,स्वयं निर्णय गर्ने , हठी, इमान्दार, बैवाहिक जीवन सुखमय बिताउन चाहने , कामुक, निडर,जागिरभन्दा व्यवसायमा रुचि लिने हुन्छन् । कहिलेकाँहि यिनीहरु आडम्बर प्रस्तुत पनि गर्दछन् । यिनीहरु अरुलाई सहयोग गरेको कुरा बारम्बार सम्झाइरहन्छन् । आफूले योग्य बनाएको मान्छेबाट यी हरहमेसा काम लिन तत्पर रहन्छन् । यिनलाई धोका दिने मान्छेले पचास पटक सोच्नुपर्ने हुन्छ । धोकाको चाल पाएमा यिनले धोका दिनेको जीवनमा फलिफाप नहुने उपाय रच्दछन् ।

यिनीहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ सम्पादन गर्दछन् । यिनको स्वभाव परोपकारी एवं समाजका हरेक तप्कालाई विश्वासमा लिएर अघि बढ्ने हुन्छ । यी साँचो कुरा बोल्ने गर्दछन् । यी आफैं मेहेनत गरेर सफलता हासिल गर्ने गर्छन् । झुटो तथा अफवाह फैलाउने मानिसलाई यी दण्ड दिन पनि पछि पर्दैनन् । गलत काम गर्नेहरुलाई यी उचित दण्ड दिने अवसर कुरिरहेका हुन्छन् । यी राम्रा र महंगा कपडा लगाउँछन् । परिवारमा यिनको एकखाले वर्चस्व हुन्छ । यिनले गरेको निर्णय परिवारले मन नपराए पनि त्यहि नै गर्न पर्छ । यी थोरै हठी हुन्छन् । यिनको उन्नति प्रायः गरेर छिटै हुने गर्दछ । यी ज्यादै आत्मविश्वासी र आस्तिक हुन्छन् । यिनीहरु धर्मलाई समाजसँग जोडेर व्याख्या गर्दछन् । यिनलाई आफूले गरेको नेतृत्व मन नपराउने मान्छे मन पर्दैन । यी ढोंगी पनि हुन्छन् । यी आफ्नो नेतृत्वमा भएको सानासाना कामको पनि बारम्बार सम्झाउने गर्दछन् ।


यिनीहरुको वैवाहिक जीवन निकै सुखमय बित्छ । यिनको परिवकरका सदस्यले यिनले बनाएका नियमको पालना गर्नुपर्ने हुन्छ । यिनले मायालु जीवनसाथी पाउँछन् । जीवनसाथीले अनुशासन तोडेको खण्डमा यी प्रतिवाद गर्दछन् । धेरै सक्रिय हुने कारण यिनका दुश्मन पनि धेरै हुने गर्दछ । यिनको भाग्यमा एक किसिमले समाजको अगुवा हुन लेखिएको हुन्छ ।

प्रतिक्रिया