फुटबलर निरु थापालाई एन्फाले गर्यो सम्मान
नेपालखोज
२०७७ फागुन २४ गते १२:२९

काठमाडौं । फुटबलर निरु थापा नेपाली फुटबलको चिरपरिचित नाम हो । निरु थापालाई अखिल नेपाल फुटबल संघ एन्फाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मान गरेको छ ।
एन्फाले जनाए अनुसार लामो समयदेखि राष्ट्रिय महिला फुटबल टिमकी नियमित सदस्य रहेकी निरुलाई महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
निरु थापा नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी परिचित नाम हो । निरु सो क्लबको टिम कप्तान रहेकी छिन् ।
सम्बन्धित
प्रतिक्रिया