सोमबार, वैशाख १५, २०८२

ट्यूनिसियामा डुंगा दुर्घटना : ३९ आप्रबासीको मृत्यु, १३९ को उद्धार

नेपालखोज २०७७ फागुन २५ गते २०:५८
साँकेतिक तस्विर

एजेन्सी । ट्यूनिसियाको सामुद्रिक क्षेत्रमा भएको दुई वटा डुङ्गा दुर्घटनामा कम्तिमा ३९ आप्रबासीको मृत्यु भएको छ ।

अत्यधिक भार बोकेका कारण समुद्रमा डुङ्गाले सन्तुलन गुमाई डुबेका कारण कम्तिमा ३९ जनाको मृत्यु भएको र १६५ जना घाइते भएका सुरक्षा अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । मृत्यु हुने तथा घाइते सबै आप्रबासी भएको ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डले पुष्टि गरेको छ ।

गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुङ्गा मंगलबार अफ्रिकी साहारा क्षेत्रबाट छुटेको र डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी आप्रबासी शरणार्थीहरू रहेका थिए ।

सुरक्षा निकायले तत्काल सामुद्रिक तटमा खटी देखाएको मानवीय सहयोगका कारण धेरै व्यक्तिहरूको ज्यान जोगिएको प्रवक्ता जबालीले बताए ।

प्रतिक्रिया