राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त
नेपालखोज
२०७७ फागुन २५ गते २१:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्र नियुक्त भएका छन् ।
फागुन २५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको डेपुटी गभर्नर पदमा गभर्नरको सिफारिसमा ढुंगाना र श्रेष्ठ डेपुटी गभर्नर नियुक्त भएका हुन् । ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् । यसअघि राष्ट्र बैंकको गभर्नर वा डेपुटी गभर्नरमा कोही पनि महिला नियुक्त भएका थिएनन् ।
फागुन १८ गते पाँच वर्ष कार्यकाल पूरा गर्दै डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ बाहिरीसँगै रिक्त रहेको डेपुटी गभर्नरमा मन्त्रिपरिषद्ले ढुंगाना र मिश्रलाई नियुक्त गरेको हो । डेपुटी गभर्नर नियुक्त भएको दुवैजना झापाका हुन् ।
सम्बन्धित
प्रतिक्रिया