सोमबार, वैशाख १५, २०८२

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि अज्ञात समूहद्वारा आक्रमण

नेपालखोज २०७७ फागुन २७ गते १४:१४

एजेन्सी। भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा बुधबार अज्ञात समूहले बनर्जीलाई धक्का दिएको बताएका छन् ।

यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने तृणमूल कांग्रेसले यो घटनामा विपक्षीको हात रहेको बताएको छ ।

उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ भने दायाँ काँध, पाखुरा र गर्धनमा पनि चोट लागेको उनको उपचारमा खटिएका चिकित्सकले जनाएको छ ।

प्रतिक्रिया