मंगलबार, वैशाख १८, २०८१

जसपाले नयाँ सरकार निर्माणका लागि मुख्य तीन राजनीतिक दलसँग छलफल गर्ने

नेपालखोज २०७७ फागुन २७ गते १५:४६

काठमाडौं । जनता समाजवादी पार्टीले नयाँ सरकार निर्माणका लागि मुख्य तीन राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय बाालकुमारीमा बसेको जसपा सचिवालय बैठकले राजनीतिक संकट समाधानका लागि नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकमा वर्तमान राजनीतिक संकट समाधानका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदारीका लागि जसपासँग औपचारिक आग्रह गरिसकेका छन् । जसपाले आफ्ना माग सम्बोधन भएपछि सत्ता सहकार्यका विषयमा छलफल गर्ने बताउँदै आएको छ ।

जसपाले रेशम चौधरीलगायत मधेस आन्दोलन र थरुहट आन्दोलनका बन्दीहरूको रिहाइ तथा मुद्दा फिर्ता, संविधान संसोधनलगायत माग राख्दै आएको छ ।

प्रतिक्रिया