जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
नेपालखोज
२०७७ चैत ७ गते २१:०९

एजेन्सी । जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा बढेको अधिकारीहरुले जानकारी दिएको जापान टुडेको अनलाइन संस्करणले जनाएको छ ।
मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ । हालसम्म यस भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आएको छैन । स्थानीय समयअनुसार साँझ ६ बजेर ९ बजे ठूलो भूकम्पको झट्का महसुस भएको थियो ।
अहिले सो क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन् । मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले बताएका छन् । राजधानी टोक्योमा समेत भूकम्पको झट्का अनुभव गरिएको थियो । अहिले सो क्षेत्रका रेल सेवाहरु बन्द गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया