शनिबार, असार ७, २०८२

नबिल बैंकले व्यक्तिगत मुद्धती खातामा घोषणा गर्‍यो वार्षिक सात दशमलव ५१ प्रतिशतको व्याजदर

नेपालखोज २०७७ चैत ७ गते २१:३४

काठमाडौं । नबिल बैंकलेस‘गै अघि बढ्ने आफ्नो उद्देश्य अनुरुप, सम्भव भएसम्म धेरैलाई ढक्ुक पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहन्छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च व्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्‍याउनेछ । भन्ने बैंकले आशा गरेको छ । नबिल बैंकले आफ्नो व्यक्तिगत मुद्धती खाताको व्याजदरलाई बढाएर सात दशमलव ५१ प्रकासित गरेको छ, जुन ६ महिना भन्दा माथिको व्यक्तिगत मुद्धती खाताहरुमा लागू हुनेछ ।

यस व्याजदरका साथ नबिल बैंकले व्यक्तिगत मुद्धती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक व्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ ।

नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ । नबिल बैंक ग्राहकस‘ग एउटा परिवार जस्तै गरीसँगै अघि बढ्नेमा विश्वास गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया