मंगलबार, वैशाख १८, २०८१

भन्साल छली गर्ने दुई जना पक्राउ

नेपालखोज २०७६ पुष १० गते १७:३३

१० पुस, काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको रु ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भन्सार छलेर ल्याएको मोबाइललगायतका विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकाको नाम, ठेगाना खुलाएको छैन । पक्राउ परेकासँग प्रहरीले रु ५५ लाख मूल्य बराबरको मोबाइल तथा जिन्सी सामान, रु १५ लाख ७७ हजार नगद, रु पाँच लाख ७३ हजारको एनएमवि बैंकको चेक एक थान बरामद गरेको छ ।

प्रतिक्रिया