आइतबार, वैशाख १४, २०८२

आज शुक्रबार महालक्ष्मी देवीको पूजा गर्नुहोस । आजको तपाईको भाग्य यस्तो छ हेर्नुहोस ।

नेपालखोज २०७६ पुष ११ गते ६:२१

शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

आज ११ पौष २०७६ शुक्रवार को राशिफल

मेष
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला ।

मिथुन
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

सिंह
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

तुला
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु
आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

कुम्भ
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष
घर व्यवहारमा झमेला आउला । मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

कर्कट
श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

कन्या
नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

बृश्चिक
रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला । धार्मिक कार्यमा रुची बढ्नेछ ।

मकर
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

मीन
आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया