अर्घाखाँची सिमेन्टद्वारा निर्माण विज्ञसँग अन्तर्क्रिया

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रा. ली.ले शनिबार कम्पनिको फैकामा निर्माण बिज्ञ तथा ब्यवसायी भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण बिज्ञहरुलाई उपल्लो प्राथमिकतामा राख्न स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण ब्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।
८० जना निर्माण बिज्ञ तथा ब्यवसायीहरुको उपस्थीती रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र स्टिल सम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँची सिमेन्ट तथा स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिड पछिको अर्थतन्त्रलाई बमजुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनिय भूमिका हुने बताउँदै निर्माण ब्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरे । “मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामाग्रीको चयनमा निर्माण ब्यवसायीहरुले ध्यान दिन आवश्यक छ,” उनले भने ।
आधिकारीक बिक्रेताहरुको प्रतिनिधित्व गर्दै जय शम्भु निर्माण सेवा (हार्डवेयर) का संचालक रामचन्द्र श्रेष्ठले आफूले वषौंदेखि अर्घाखाँची सिमेन्टको बिक्री बितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट सो उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए । “मैले बिक्री गर्ने सिमेन्टहरु मध्ये अर्घाखाँची सिमेन्ट नै सबैभन्दा स्तरिय सिमेन्ट हो । त्यसैले तपाई निर्माण ब्यवसायीहरुलाई घर बनाउँदा सोही सिमेन्टको प्रयोग गर्न म अनुरोध गर्दछु,” उनले भने । कम्पनीले कार्यक्रममा लक्की ड्र मार्फत तीनजना भाग्यशाली निर्माण ब्यवसायीहरुलाई आकर्षक उपहारहरुको बितरण गरेको थियो । यसैगरी गत साता अर्घाखाँची सिमेन्टले काठमाडौंको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतिक्रिया