एनएमबी बैंकको क्यु आर कोडबाट गैंडाकोट एग्रोमार्टमा विद्युतीय भुक्तानी सुरु

काठमाडौं । गैंडाकोट एग्रोमार्ट प्रालिद्वारा संचालित मिनीमार्केट तथा हाट बजारमा विद्युतीय भुक्तान शुभारम्भ भएको छ । गैंडाकोट नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भुक्तान कार्यको शुभारम्भ भएको हो । अध्यक्ष न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यको उद्घाटन गरेका हुुन ।
कार्यक्रममा एनएमबि वैंक गण्डकी प्रदेशका क्षेत्रीय म्यानेजर अमृत राज वास्तोलाले मन्तव्य राख्दै क्युआर कोडबाट कारोवार गर्दा हुने फाईदा र यसको विकासका लागि नेपाल राष्ट्र वैंकले ल्याएको नीतिका बारे जानकारी गराएका थिए । देशको कुनाकाप्चामा पनि यसवाट कारोवार गर्नका लागि एनएमबि बैंकले पहल गरेको र यसवाट कारोवार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको उनको भनाई रहेको थियो ।
उक्त कार्यक्रममा गैंडाकोट एग्रोमार्ट प्रा.लिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोवार गर्दा हुने जोखिम र विद्युतिय कारोवारले यसलाई कम गर्न सक्ने धारणा राखेका थिए । कार्यक्रममा गैंडाकोट एग्रोमार्ट प्रालिद्वारा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई आमन्त्रण गरी सम्पन्न गरीएको । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुबाट ३७ वटा पसलका व्यापारीहरुलाई क्युआर कोड वितरण गरिएको थियो ।
प्रतिक्रिया