शनिबार, असार ७, २०८२

दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई मेगा बैंकद्वारा सात लाख प्रदान

नेपालखोज २०७७ चैत ९ गते १४:३९

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई विमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो । कर्मचारी शर्माको विद्युत लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते मृत्यु भएको थियो ।
मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्यलगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन ।

रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बिमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने भन्दै मेगा बैंकलाई धन्यवाद दिए । यसैगरी कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतका संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन आचार्य, नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईलगायतले कर्मचारी शर्माको पीडामा मल्हम लगाएको भन्दै मेगा बैंकको प्रशंसा गरेका हुन ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ मा बैंकले हरेक खातावालाको सात लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैंयासम्मको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया