सोमबार, असार २३, २०८२

मनिग्राममार्फत दुई सय बढि देशहरुबाट इसेवा मनि ट्रान्सफर सेवा सुरु

नेपालखोज २०७७ चैत ९ गते १४:५१

काठमाडौं । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।

सम्झौतासंगै मनिग्रामका २ सय भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन् । साथै निकट भविष्यमा मनिग्राममार्फत पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ ।

त्यस्तै, छिटै नै मनिग्राममार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिनेछ । यो साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक, संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, युरोप, बेलायतलगायत २ सय भन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुनेछ ।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, “मनिग्रामसंगको सहकार्यले गर्दा हामीलाई विश्वभर फैलिएर रहेको नेपाली आप्रवासीहरुको ठूलो समूहमा पुग्न मद्धत गर्ने साथै नेपालमा पैसा पठाउने भर पर्दो माध्यम हुनेछ । यो सम्झौताले अन्तराष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुर्‍याउने छ ।”

मनिग्राम इन्टरनेशनल अन्तरदेशीय विपे्रषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो । मनिग्राममार्फत २ सय भन्दा बढी देशहरुबाट सहज र सरल ढंगबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मनिग्राम उच्च स्तरिय प्रविधिको प्रयोग गरि मोबाइल तथा एपिआई सञ्चालित प्लेटफर्मको माध्यमबाट हरेक वर्ष लाखौ सेवाग्राहीहरुलाई डिजिटल तथा अन्य माध्यमबाट गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्नो सेवाग्राहीहरुलाई ८ हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया