भेला जुलुस नगर्न जिल्ला प्रशासन मकवानपुरको आग्रह
नेपालखोज
२०७७ चैत १० गते १०:३८

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला जुलुस नगर्न सोमबार सर्वसाधारणलाई आग्रह गरेको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ ।
साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । रासस
सम्बन्धित
प्रतिक्रिया