बागलुङमा लगानी गर्न ठूला व्यवसायी इच्छुक
११ पुष, बागलुङ । जिल्लामा पहिलो पटक ठूला लगानीकर्ता आर्कषित गर्नका लागि लगानी बहस गरिएको छ । नेपालका सफल ठूला उद्योगी व्यवसायीलाई बागलुङमा आर्क्षित गरी व्यापार व्यवसाय र पर्यटन प्रर्वद्धन गरेर रोजगार सिर्जना गर्ने उद्देश्यले लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो ।
बागलुङ उद्योग बाणिज्य संघले प्रभु बैंकको सहयोगमा बागलुङ महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको ’उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष चन्द्र ढकाल, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र सरकारका तर्फबाट गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ मुख्य वत्ताका रुपमा थिए ।
बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानीमैत्री बातावरण भए लगानी गर्न इच्छुक रहेको बताएका थिए । तर, अहिले राजनीतिक स्थिरता भए पनि तीन तहको सरकारको नयाँ नयाँ कानुनी अड्चन मुख्य समस्याका रुपमा देखिएको गुनासो गरेका थिए ।
लगानीको वातावरण बनाउ तीन तहको सरकारले कानुनी र प्रक्रिया झंझट आवश्यक कदम चालेमा हाइड्रो, केबलकार, स्टार होटल तथा सुपर मार्केट, कृषि उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको उनीहरुको भनाई थियो ।
प्रतिक्रिया