एमालेमा माधव समूहले बनायो अखिलको समानान्तर कमिटी
नेपालखोज
२०७७ चैत ११ गते ११:३९

काठमाडौं । नेकपा एमाले भित्रका प्रतिपक्ष मानिएको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ ।
यसअघि नै अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाएको यो समूहले मंगलबार राष्ट्रिय कार्यकर्ता भेला गरेर अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो ।
माधव समूहको समानान्तर अखिलको अध्यक्षमा सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन भएका छन् । साविकको एमालेमा तीनैजना सचिव थिए ।

सम्बन्धित
प्रतिक्रिया