प्रधानमन्त्रीद्वारा कोभिड १९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिक गरेका छन् । सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।
यद्यपि अहिले भयावहको स्थिति नभएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको पनि बताए । पूर्ण रुपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्ने बताए । उनले भने– ‘३ दिनदेखि लक्षणहरु फेरि नकारात्मकतातिर जान खोज्या होकी, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ ।

अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशनचाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन, त्यो पनि थाहा छैन । एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मुल गर्नुपर्ने । खोप लगाएर निर्मुल हुन सजिलो छैन । पूर्णरुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्ण रुपमा नियन्त्रण गर्न सामाजिक दुरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने । संक्रमण हुने स्थिति नहोस् ।’
केहि दिनदेखि कोभिडका संक्रमीत बढ्दै जाँदा प्रधानमन्त्री ओलिले भने सावधानि अपनाउन सुझाव दिएका छन् । उनले भने ‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या होकी ? स्थिति भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ प्रधानमन्त्रीले थपे, ‘अहिले स्थिति भयावह नभए पनि यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ ।’

कोभिड–१९ खोपले पनि नयाँ भाइरसको लागि काम गर्छ कि गर्दैन भन्ने यकिन नभएको पनि उनले बताए । कोभिडको सन्दर्भमा नेपालले जीवन पहिले की अर्थतन्त्र पहिले भन्ने बहस छेडिएको पनि प्रधानमन्त्री ओलीले बताए । कतिपय मुलुकले अर्थतन्त्र भनेको उल्लेख गर्दै उनले नेपालले जीवन पहिला भन्ने मान्यता अंगालेको बताए । मानिस सोत्तर भएपछि अर्थतन्त्र उठ्छ कहिँ ? उनको भनाई थियो ।
प्रतिक्रिया