आइतबार, वैशाख २८, २०८२

एमबिबिएस, बिडिएस लगायतको भर्ना तत्काल गर्न आयोगको निर्देशन

नेपालखोज २०७६ पुष ११ गते १७:४५

११ पुष, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुमा यस शैक्षिक सत्रको एमबिबिएस, बिडिएस लगायतका विषयको भर्ना प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको छ ।

आयोगले नयाँ शैक्षिकसत्रको एमबिबिएस, बिडिएस लगायतका चिकित्सा क्षेत्रको भर्ना प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको हो । आयोगले भर्नाका सम्बन्धमा ओपन हाउस काउन्सिलिङ गरेर भर्ना प्रकृया तत्काल अगाडि बढाउन विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई शुक्रबार निर्देशन दिएको आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताए ।

उपाध्यक्ष प्राडा गिरीका अनुसार छात्रवृत्ति छनोटको काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने त्यस प्रकृया मन्त्रालयले अगाडि बढाइरहेको बेलामा अन्यको विद्यार्थीहरुको भर्ना प्रकृया मेडिकल कलेजहरुले तत्काल अगाडि बढाउन निर्देशन दिएको बताए । आयोगका उपाध्यक्ष प्राडा गिरीले भने, ‘भर्ना प्रकृया ढिलो गर्दा नयाँ शैक्षिकसत्रलाई असर गर्ने हुदाँ‘शिक्षा मन्त्रालयसँग समन्वय गरेर छात्रवृत्ति बाहेकका हकमा ओपन हाउस काउन्सिलिङका लागि सूचना निकालेर काम अगाडि बढाउन सूचना निकालेर निर्देशन दिएका हौँ ।’

विभिन्न कारणले एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका स्नातक तहको भर्नामा ढिलाइ भइसकेको छ । भर्नाका लागि विश्वविद्यालय तथा प्रतिष्ठानहरुले प्रवेश परीक्षा यसअघि नै लिइसकेका छन् ।

प्रतिक्रिया