आइतबार, वैशाख १४, २०८२

मोटोपनाले सताएको छ ? छ भने यसो गर्नुस्

नेपालखोज २०७६ पुष १२ गते ७:३९

१. हामी एक दुई सातामा नै आफ्नो तौल घटाउन चाहान्छौ । तर बर्षाै देखि लागेको शरीरको तौल एक दुई सातामा नै घट्न सक्दैन । त्यसैले तौल कम गर्न चाहिने धैर्यता र शारिरीक मेहनत गर्नुपर्छ ।

२. तौल घटाउन चाहिने सबैभन्दा महत्वपुर्ण कुरा भनेको आफू माथिको विश्वास हो । नियमित शारीरीक अभ्यास वा मेहनत गर्दा पनि केहि दिन वा केहि सातामा नजिता देखिएन भने पनि आफ्नो विश्वास कम हुन नदिनुहोस् । लगातार आफ्नो विश्वास बनाइराख्नुहोस् ।

३. तपाई आफुलाई कस्तो बनौं भन्ने लागेको छ, सोहि अनुसारको एक तस्बिर तपाई सुत्ने वा दैनिक बस्ने कोठामा लगाउनु होस् । यसले तपाई त्यस्तै बन्नका लागी अनुसरण गर्न मद्दत पुर्याउनेछ ।

४. खाजा वा खानापछि पानी पिउने बानि बसाउनु होस् । यसको मतलब खाजासंगै पानी पिउने भन्ने होइन । बिहान दिउँसो वा अरुबेला नियमित पानी पिउनुहोस् । चिसो पेय, चिया, कफि वा काब्रोहाइड्रेडयुक्त जुस नपिउनुहोस् ।

५. मोवाइमा तपाईको दैनिक हिडाई, पाइला चलाई तथा तपाईको दैनिकी जनाउने एप्सिकेसन डाउनलोड गरी यसको प्रयोगमा बढावा दिनुहोस् । यसले तपाईले हिँड्न, दौडन र शारीरीक ब्यायाम गर्न मद्दत गर्छ ।

६. आफुले खाने वस्तु र विषयमा डायरी बनाउनुहोस् । आफुले कति बजे खाजा खाने, के खाने कति खाने सबै लेख्नुहोस् । यसले तपाईको खानालाई नियन्त्रण गर्दछ ।

७. दैनिक खाना खाँदा क्यालोरीको मात्रा थप्नुहोस् । तौल नियन्त्रण गर्न शरीरमा मेहनत आवश्यक हुने भएकाले क्यालोरीको मात्रा पर्याप्त हुन आवश्यक छ ।

८. खाना वा खाजा खादाँ पटक पटक खानुहोु् तर कम खानुहोस् । अर्थात दैनिक ४र५ पटक खाने तर खानाको मात्रा कम गर्ने । यसरी धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निस्कने र ब्लड सुगर सही हुने गर्दछ ।

९. शरीरको वजन घटाउन चाहाने मानिसले दैनिक ४५ मिनेट हिड्न अनिवार्य छ । यसले शरीरमा भएका अनावश्यक पोषणको सदुपयोग हुन पुग्छ । यदि तपाई दैनिक १ घण्टा हिड्नु भयो भने बिना मेहनत वजन घट्न सक्छ ।

१०. बिहान सबेरै उठ्ने बानी बसाउनुहोस् । राति ९ बजे पछि अनिवार्य सुत्ने र बिहान ५ बजे उठ्ने बानी बसाएमा शरीरलाई पुर्ण आराम मिल्नुका साथै विहान उठ्न समेत मद्दत गर्छ ।

 

प्रतिक्रिया