महालक्ष्मी विकास बैँकको १९ औँ साधारण सभा सम्पन्न

काठमाडौं । महालक्ष्मीविकास बैंकले आज (शुुक्रबार) आफ्नो १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अनुसार भिडियो कन्फरेन्स मार्फत सफलता पूर्वक सभा सम्पन्न गरिएको हो ।
उक्त सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आठ दसमलव ८० प्रतिशतका दरले बोनस सेयर तथा शुन्य दशमलव ४६ प्रतिशतका दरमा नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा नौ दसमलव २६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखातथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकमा कुल ग्राहक संख्या करिब पाँच लाख भन्दा बढी रहेको छ ।
प्रतिक्रिया