सोमबार, वैशाख १५, २०८२

बिदेशी मुद्राको सञ्चितिमा ४ दशमलव ३ प्रतिशतले वृद्धि

नेपालखोज २०७७ चैत १५ गते १४:५८

काठमाडौं । नेपालमा बिदेशी मुद्राको सञ्चिती बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको अवधिमा बिदेशी मुद्राको सञ्चिती चार दशमलव तीन प्रतिशतले बढेको छ । २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चार दशमलव तीन प्रतिशतले बढेर २०७७ माघ मसान्तमा १४ खर्ब ६२ अर्ब तीन करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा आठ प्रतिशतले बढेर १२ अर्ब ५७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा पाँच प्रतिशतले बढेर १२ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था अर्थात राष्ट्र बैंक बाहेकका संस्थाहरु सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ माघ मसान्तमा शुन्य दशमलव सात प्रतिशतले कमी आई एक खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । २०७७ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव आठ प्रतिशत रहेको छ ।

प्रतिक्रिया