शुक्रबार, असार २०, २०८२

नेपालमा दण्डहीनतामा कमी भएन : अमेरिका

नेपालखोज २०७७ चैत २० गते ८:३६

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले नेपालमा मानवअधिकार उल्लंघनका घटनामा दण्डहीनताको अवस्था नसुध्रिएको बताएकाे छ । नेपालबारेको मानअधिकार प्रतिवेदन सार्वजनिक गर्दै अमेिरकी विदेश मन्त्रालयले मानवअधिकार उल्लंघनका घटनामा दण्डहीनताको अवस्था रहनुला दुखका साथ लिएकाे छ ।

व्यक्ति बेपत्ता तथा अन्य मानवअधिकार उल्लंघनका घटनाका पीडितहरूले न्याय नपाएको अवस्था छ । घटनामा संलग्न राज्य पक्ष तथा विद्रोही पक्ष दुवैलाई न्यायिक कठघरामा उभ्याइएको छैन । यस्ता घटनामा दण्डहीनता हुनु हुँदैन,’ प्रतिवेदनमा भनिएको छ ।

द्वन्द्वकालीन घटनाको निरुपण हालसम्म नभएको भन्दै उसले मानवअधिकार उल्लंघनका विषयमा दण्डहीनता कायमै रहनु उचित नभएको बताएको छ । द्वन्द्वकालीन घटनाका निरुपणका निम्ति आयोग गठन भए पनि तिनीहरूबाट पीडितले अझै न्याय नपाएको प्रति उसले चिन्ता व्यक्त गरेको छ ।

यता राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीको सिफारिस गरेका २ सय ८६ जनालाई कारबाही नगरी सरकारले दण्डहीनतालाई प्रश्रय दिएको उसको ठम्याइ छ ।

मानवअधिकार आयोगले  व्यक्ति बेपत्ताको संख्या ८ सय २ रहेको प्रारम्भिक प्रतिवेदन दिएकोमा ६ सय ६ जनाको मात्रै घटना दर्ता भएको र १ सय ५० जना व्यक्तिका घटनाबारे केही पनि नभएको अमेरिकी प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, उजुरी दर्ता भएका ६ सय ६ जनाको अवस्था अझै अज्ञात रहेको प्रति उसले असन्तुष्टि जनाएको छ । ‘बेपत्ता भएका व्यक्तिको स्थिति सार्वजनिक हुनुपर्छ र घटनामा संलग्न सबैले कानुनले निर्धारण गरेको सजाय व्यहोर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै, बेपत्ता व्यक्ति छानबिन आयोग गठन भएपछि २५ सय ३ घटना दर्ता भएको भन्दै उसले उनीहरूको अवस्थाबारे परिवारलाई जानकारी गराउनुपर्ने र दोषीलाई सरकारले कारबाही गर्नुपर्ने भनेको छ । ‘द्वन्द्वकालीन घटना छानबिनका लागि गठिन आयोग आर्थिक र मानव संशाधनका हिसाबले कमजोर हुँदा घटनाबारे छानबिन हुन सकेको छैन,’ प्रतिवेदनमा औँल्याइएको छ । 

प्रतिवेदनमा प्रहरी हिरासतमा दिइएको यातनाका विभिन्न घटनाहरू पनि उल्लेख छन् । सन् २०१९ मा हिरासतमा रहेको १ हजार ५ जनामा गरिएको अनुसन्धानले यो तथ्य खुल्न आएको उल्लेख गरिएको छ ।  प्रतिवेदमा नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था सकारात्मक रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया