ताइवानमा रेल दुर्घटनामा परी ३६ जनाको मृत्यु
नेपालखोज
२०७७ चैत २० गते ११:३६

काठमाडौं । ताइवानको पूर्वी भागमा आज बिहान यात्रुवाहक ट्रेन दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन्। ट्रेन लिकबाट बाहिर गई पाखामा झरेको बताइएकाे छ । साे ट्रेनमा ३५० जना यात्रु थिए।
स्थानीय समयअनुसार बिहान साढे ९ बजेतिर ट्रेन सुरुङभित्र ट्रयाकबाट झरेको हाे ।
डब्बा दुई र तीन ट्रयाकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको प्रारम्भिक अनुसन्धानमा देखिएको समाचारहरुमा उल्लेख छ।
घटनामा धेरै मानिस घाइते भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेकाे छ। अझै पनि केही यात्रु ट्रेनमै च्यापिएर रहेका छन्
सुरुङभित्र फसेका डब्बामा उद्धारकर्ता पुग्ने कोशिश गरिरहेका छन्। डब्बाहरू कुच्चिएकाले फसेका यात्रुकाे उद्धार गर्न कठिनाइ भइरहेको अन्तराष्ट्रिय एजेन्सीहरुले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया