मंगलबार, वैशाख १८, २०८१

सिद्धबाबाकाे थुनछेक बहस आजपनि, अदालत परिसरबाहिर अनुयायीहरूले रामनाम भजन गाउँन थाले

नेपालखोज २०७६ पुष १४ गते १२:०९

१४ पुष, सुनसरी । वलात्कारकाे आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’काे थुनछेक बहस आजपनि हुनेभएको छ । हिजाेबाट सुरू भएकाे थुनछेक बहस नसकिएपछि कार्यालय समाप्तीसँगै आजलाई सारिएको हाे ।

आज प्रतिवादी गिरीका तर्फबाट थुनछेक बहस गर्न मोहन कोइराला र रूपेश कोइराला मात्र बाँकी छन् । त्यसपश्चात् मुख्य नयायाधीश राधाकृष्ण उप्रेतीको एक नम्बर इजलासले गिरीलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक आदेश जारी गर्नेछ ।

थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ । अदालत परिसरबाहिर गिरीका अनुयायीहरूले रामनाम भजन गाउँन थालेका छन् ।

प्रतिक्रिया