शुक्रबार, असार २०, २०८२

संसदलाई प्रभावकारी बनाउन पहल जारी छ : सभामुख

नेपालखोज २०७७ चैत २१ गते १२:४३

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभावकारी बनाउनका लागि निरन्तर परामर्श गरिराख्ने बताएका छन्।

उनले आफ्नो हातमा नतिजा नआएसम्म यसाे गरिराख्ने बताएका हुन् ।  

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभाले सोचेजस्तो अवस्थामा गति लिन सकेको छैन। संसदलाई प्रभाकारी बनाउन लागि रहेको छु।’ त्यही दिशामा सभामुख लाग्नुपर्ने उनकाे दाबी छ ।

सापकाेटाले संसदलाई प्रभावकारी बनाएर जनताको कामप्रति जवाफदेही बनाउन पहल भइरहेको बताएका छन् । 

‘अहिले सबै कुरा आफ्नो हातमा आइसकेको छैन। नतिजा नआए पनि आफूले निरन्तर परामर्श लागिरहन्छु’ उनले भने, ‘संसदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक छ।’ 

प्रतिक्रिया