मंगलबार, वैशाख १६, २०८२

बेलायतद्वारा फिलिपिन्स, पाकिस्तान, केन्या र बङगलादेशका नागरिकलाई प्रतिबन्ध

नेपालखोज २०७७ चैत २१ गते १४:३९

लन्डन । कोरोनाभाइरस महामारीलाई कारण देखाउँदै बेलायतले फिलिपिन्स, पाकिस्तान, केन्या र बङगलादेशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ । ती राष्ट्रमा भाइरसको सङ्क्रमण तीब्र रुपमा वृद्धि भएको छ । बीबीसीका अनुसार बेलायतले यात्रा प्रतिबन्धको निर्णय केही घण्टाको पूर्व सूचनामा समेत लगाउन पाउनेछ । उक्त निर्णयको कार्यान्वयन आगामी शुक्रबारदेखि लागू हुनेछ ।

बेलायतले कोभिड १९ को नयाँ संस्करणको सङ्क्रमण रोक्न यात्रा प्रतिबन्ध पछ्याएको छ । उक्त प्रतिबन्ध लगाइने राष्ट्रलाई बेलायतले रातो सूचीमा राखेको छ ।

बेलायतमा शुक्रबार पछिल्लो चौबीस घण्टामा चार हजार ४७९ जना नयाँ सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा ५१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया