आइतबार, असार २२, २०८२

लीलेन्द्रप्रसाद प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा निर्वाचित

नेपालखोज २०७७ चैत २१ गते २१:३८

काठमाडौं । लिलेन्द्रप्रसाद प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । ४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा प्रधानले अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३ सय २ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी नविनचन्द्र श्रेष्ठले ४३ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्ष विनोद चौरासिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार बिड्ला निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल र कोषाध्यक्षमा चतुर्भुज सरिया विजयी भएका छन् ।

सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी तथा १२ जना कार्यसमिति सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया