सिक्ने र सिकाउने सुरुवाती कोठा

काठमाडौं । नवप्रवर्तनीय कार्य, पेशा, व्यवसाय, व्यापार, उद्योग आदिको विकासको लागि छलफल गर्ने, गराउने तथा सिक्ने सिकाउने कोठा सुरुवाती कोठा हो । विश्वमै पहिलोपटक भौतिक, अवास्तविक र परिस्थितिक कोठाको रूपमा परिकल्पना गरिएकोले सुरुवाती कोठा आफैमा एउटा सुरुवाती हो । जसले अरु थुप्रै स्टार्टअपको विकास गर्न सकिन्छ भनेर विश्वास गर्दछ ।
विश्वका जुनसुकै विकसित देशहरूको विकासको इतिहास हेर्ने हो भने पनि ती देशहरूले आफ्नो समाजको समस्या समाधान, आवश्यकताको सम्बोधन र जनसमुदायका इच्छा–चाहनाको परिपूर्तिका लागि गहन अध्ययन, खोज, अनुसन्धान, परीक्षण गरी नयाँ आविष्कारको आवश्यकता पर्नेर्दछ । सुरुवाती कोठा नेपालका संस्थापक तथा कार्यक्रम संयोजक द्वारिका मानवले भने समस्या आवश्यकतालाई आविष्कारको जननी पनि मान्न सकिन्छ । आविष्कारले विकासको सृष्टि गर्दछ र विकासले मानव जीवनलाई समृद्धि प्रगतिको बाटोमा अघि बढाउँछ । समस्या, आवश्यकता र इच्छाको व्यवस्थापनका क्रममा विभिन्न पेशा, व्यवसाय ,व्यापार तथा उद्योग–धन्दाको विकास हुन्छ र रोजगारी– स्वरोजगारको प्रारम्भ हुन्छ ।
अनेक समस्या समाधान उत्पादनशीलता र उधमशिलता अभिवृद्धि गर्ने लक्ष्यसहित छलफल गर्न र गराउनेका निम्ति एउटा कोठा सुरुवाती कोठा (स्र्टाट अप)को परिकल्पना गरिए मानवको भनाइ छ ।
सुरुवाती कोठा (स्र्टाट अप) लाई सामान्य कोठाको रूपमा बुझ्न सकिन्छ । जहाँ विभिन्न विषयमा छलफल गरिन्छ । समाजका विधमान समस्या, आवश्यकता र इच्छा चहानालाई मध्यनजर गर्दै तिनका समाधान, सम्बोधन र परिपूर्तिका लागि गरिने छलफलबाटै नयाँ र फरक कार्य, तरिका, विधि, प्रक्रिया वा प्रणालीको बिकासका लागि विकासित मुलुकहरुमा सिक्न र सिकाउन सञ्चालन भइरहेका स्टार्टअप स्कुलको सानो इकाइको रूपमा पनि स्टार्टअप रूमलाई बुझ्न सकिन्छ ।
प्रतिक्रिया