आइतबार, असार २२, २०८२

मनकामना केबुलकार सेवा छ दिनका लागि बन्द हुँदै

नेपालखोज २०७७ चैत २३ गते २०:२६

काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।

केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्यअनुसार बुल व्हील बेरिङ नयाँ फेर्नुको साथै बुुल व्हील र अन्यमर्मत संभारको लागि अष्ट्रेलियाबाट आउने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा छ दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुनेसमेत मनकामना दर्शन प्रा.लि. ले जानकारी दिएको छ ।

प्रतिक्रिया