मंगलबार, वैशाख १६, २०८२

पुटिन लगातार १५ वर्ष राष्ट्रपति बन्ने दाउमा

नेपालखोज २०७७ चैत २४ गते ११:२४

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १५ वर्षसम्म लगातार आफैं राष्ट्रपति बन्नका लागि नयाँ कानुन पारित गरेका छन् ।

यो नयाँ कानुन पारित भएपछि पुटिन १५ वर्ष लगातार राष्ट्रपतिकाे रुपमा रहन सक्छन् । राष्ट्रपति पुटिनले यो नयाँ कानुन सोमबार जारी गरेकाे समाचार एजेन्सीहरुमा जनाइएकाे छ । याे कानुनले पुटिन लगातार सन् २०३६ सम्म पाउने हुन्छ ।

यो नयाँ कानुनले लागू हुनुभन्दा अघिको कार्यकाल गणना गर्दैन । जसको अर्थ पुटिनको अहिलेको कार्यकालसहित ४ कार्यकाल यो कानुनले गणना गर्ने छैन र पुटिन अझै २ कार्यकाल राष्ट्रपति बन्न पाउनेछन् ।

प्रतिक्रिया