एनआईबिएल सहभागिता फण्डद्वारा लाभांश पुनःलगानी योजनामा सहभागी हुन आव्हान

काठमाडौं । एनआईबिएल सहभागिता फण्ड“ लाभांश पुनःलगानी योजनामा सहभागी हुन आव्हान गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबर्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ”एनआईबिएल सहभागिता फण्ड“ नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनःलगानी योजनामा सहभागी हुन आग्रह गरिएको कोषले जनाएको छ ।
कोषका अनुसार इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिनसम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने जानकारी पनि कोषले दिएको छ ।
प्रतिक्रिया