आइतबार, असार २२, २०८२

३७ अर्ब ६० करोडको सेयर कारोबार हुँदा सूचक तथा रकम दुवै बढ्यो

नेपालखोज २०७७ चैत २७ गते १०:४०

काठमाडौं । लगानीकर्ताका लागि यो साता सेयर बजार सुखद् देखियो । नेप्सेको नियमित कारोबार कक्ष पाँँच कार्य दिन नै खुला रह्यो । चौथौ कार्यदिनमा भने नेप्से सामान्य घटे पनि बाँकी दिनमा भने सूचक तथा कारोबार रकम उच्च थियो । सोही आधारमा पनि यो साता लगानीकर्ताहरूले गत साताको तुुलनामा सुखद् अनुभूति प्राप्त गर्न सकेका हुुन् ।

नेप्से यो साता बढेर २६ सय ७४ दशमलव ३५ अंकमा पुुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ७६ दशमलव ५१ अंकमा पुुगेर रोकिएको छ । जसअनुसार दुुई सय १५ वटा कम्पनीको तीन लाख ९३ हजार ४३ पटक सेयर कारोबार भएको छ । जसबाट यो साता आठ करोड एक लाख पाँच हजार तीन सय ७१ कित्ता सेयर किनबेच हुँदा साप्ताहिक कारोबार रकम ३७ अर्ब ६० करोड ५० लाख तीन हजार सात सय दुुई रुपैयाँ पुुग्न सफल भएको छ ।

यो कारोबार रकम गत साताको भन्दा झन्डै १३ अर्ब रुपैयाँले बढी हो । गत साता भने नेप्सेमा दुुई सय १८ वटा कम्पनीको दुुई लाख ७४ हजार पाँच सय २० पटक कारोबार भएका थिए । जसबाट चार करोड ७० लाख २१ हजार दुई सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम २४ अर्ब एक करोड ३९ लाख पाँच हजार नौ सय ७० रुपैयाँ पुुगेको थियो ।

नेप्से यो साता पाँच कार्य दिन नै खुला थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो भने चौथो दिन घटेको थियो । पहिलो दिन २५ दशमलव ७१ अंकले बढेर २६ सय ५७ दशमलव ६१ अंकमा पुुगेको नेप्से अन्तिम कारोबार दिन पनि दुुई दशमलव ७४ अंकले बढेर दुुई हजार ६ सय ७४ दशमलव ३५ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन चार दशमलव ३३ अंकले बढेर चार सय ७० दशमलव ७५ अंकमा पुगेकामा अन्तिम कारोबार दिन पनि शून्य दशमलव २८ अंकले घटेर चार सय ७६ दशमलव ५१ अंकमा रोकिएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बिमा कम्पनी, चन्द्रागिरि हिल्स लिमिटेड आदि परेका छन् । सेयर संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेसनल हाइड्रो पावर कम्पनी आदि अगाडि परेका छन् । पुँजीकरणका आधारमा आधारमा यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेस्टमेन्ट बैंक आदि अगाडि परेका छन् ।

सेयर सूचीकरणतर्फ भने यो साता बरुण हाइड्रो पावर कम्पनी, श्री इन्भेस्टेमन्ट एन्ड फाइनान्स कम्पनी, न्यादी ग्रुुप पावर लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ बैंक, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल बैंकसहितका कम्पनीहरूको बोनस, हकप्रद तथा साधारण सेयर सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।

प्रतिक्रिया