कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : कोइराला
नेपालखोज
२०७७ चैत २८ गते १३:५७

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । शनिबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने दाबी गरे ।
उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ छ ।
‘जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ,’ उनले भने । जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने पनि उनले बताए ।
अर्को फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने पनि बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया